दश वर्षिय छोरीको बलात्कार पछी हत्या गरेको आरोपमा बुवा पक्राउ
कैलाली । कैलालीमा आफ्नै छोरीको बलात्कार गरि हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- २ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन् । घर परिवारले दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थल र शव जाँच लगायतको कार्य पुरा गरी शव पोष्टमार्टम तथा यौनजन्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी










