समाज

पुणेको एक सेनिटाइजर कारखानामा आगलागी हुँदा १८ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा सेनिटाइजर कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । सोमबार साँझ सेनिटाइजर उत्पादक कारखानामा भीषण आगजनी भएको हो । कारखानामा भीषण आगलागीको भिडियो समेत केही बेरमै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

प्रहरीमा एउटै पदमा पाँच बर्ष वसे अवकाशको समयमा एक तह बढुवा गरिने नियम वन्दै

काठमाडौं । पछिल्लो पदमा कम्तीमा पाँच वर्षसम्म बहाल रहेका नेपाल प्रहरीका कर्मचारीले अवकाश पाउने वेला एक तह बढुवाको व्यवस्था नियमावलीमा गर्न लागिएको छ । अहिले अनिवार्य अवकाशको वेलासम्म पछिल्लो पदमा काम गरेको १२ वर्ष भएमा अवकाशअघि एक तह बढुवा दिने गरिएको छ । जुन सुविधा डिएसपीसम्मका कर्मचारीले मात्रै पाउँछन् । सशस्त्रमा भने पछिल्लो पदमा पाँच वर्ष मात्र पुगेको अवस्थामा पनि अवकाशअघि एक तह बढुवा पाउँछन् । एसपीसम्मका कर्मचारीले यस्तो सुविधा पाउने गरेका छन् । नियमावली

कम पद भएको प्रहरीमा केही पद थपिदै

काठमाडौं । सुरक्षा निकायमा पदको संख्या पनि फरक–फरक छ । नेपाल प्रहरीमा राजपत्रांकित पद सात र राजपत्रअनंकित पाँचवटा पद छन् । सशस्त्रमा राजपत्रांकित पद सात र राजपत्रअनंकित आठ तह छन् भने सेनामा राजपत्रांकित १० र राजपत्रअनंकित आठ गरेर १८ वटा दर्जा छन् । करिब ८० हजार दरबन्दी भएको नेपाल प्रहरीमा सबैभन्दा कम पद छन् । सशस्त्रमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी नेपाल प्रहरीको भन्दा तीन पद बढी छन् । ती पद नेपाल

सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसपीसहित ७ प्रहरी घाइते

वारा । रौतहटमा आइतबार राति सुरक्षाकर्मी र स्थानीयबिच झडप भएको छ । झडपमा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् । जिल्ला गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा भएको विवाहमा डिजे बजाएर भीडभाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो । निषेधाज्ञाका बेला भएको विवाहमा धेरै मानिस जम्मा भएको भन्दै प्रहरीले भीड नगर्न भनेको थियो । ‘पहिले दुई जना सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाउन पठाएका थियौँ’ डीएसपी द्वारिका घिमिरेले

उपप्रधानमन्त्री भएको २४ घण्टा नवित्दै राजेन्द्र महतोको पुत्ला दहन

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री भएको भोलिपल्ट राजेन्द्र महतोको पुत्ला जलाएको छ । शुक्रबार बेलुकी मन्त्रीको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएकाले पुत्ला जलाएको अनेरास्ववियूले जनाएको छ । विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री

पेट्रोलियम पदार्थको मूल्य वढेसंगै पेट्रोल प्रतिलिटर १२५ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाको जवानको मृत्यु

धनुषा । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंकोट्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ । मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण

कोरोना संक्रमण दर घटेसँगै बाँकेका अस्पतालका श्यया खाली

नेपालगंज । कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् ।

नेपालगंजको भेरीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

नेपालगंज । बाँकेका अस्पतालमा भर्ना उपचाररत थप दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । संक्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको

पुनर्गठित मन्त्रिमण्डलमा वादल समुह अटेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनःगठन गर्ने भएपछि निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल लगायत एमाले प्रवेश गरेका पूर्व माओवादी नेता बालुवाटार पुगेका थिए। सर्वाैच्चको आदेशले आफुहरु हटेपनि आफ्नो समूहलाई समेत कोटा दिनुपर्ने उनीहरुको प्रस्ताव थियो । तर, त्यो प्रस्तावमा ओली सकारात्मक नभएपछि एमाले प्रवेश गरेका पूर्व माओावादी नेता हिस्स बनेका छन् । यद्यपी ओलीले सो समूहबाट पनि मन्त्री राखिने आश्वासन दिएका छन् । यसअघि पूर्व माओवादीका सात मन्त्री