प्रधानमन्त्री प्रचण्ड स्वदेश प्रस्थान
चीन । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गरेका छन् । एक साताको औपचारिक भ्रमणका लागि असोज ६ गते चीन पुगेका प्रचण्ड छेन्दुबाट आज (शनिबार) बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्रस् प्रचण्डले चीन भ्रमणको पहिलो दिन असोज ६ गते हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता