राजनीति

मतगणना नसकिँदै कांग्रेसका जितनारायणले हार स्वीकार गरे

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् ।  करिव २० हजार मतगणना बाँकी रहँदै मतान्तरले रविले जित सुनिश्चित गरिसकेपछि श्रेष्ठले सामाजिक संजालमार्फत हार स्वीकारगरेका हुन् ।  उनले आफूलाई मतदान गर्ने मतदाता र घरदैलोमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू त्यही क्षेत्रका जनताको सुखदुःखमा सक्रिय रहने बताएका छन् ।  “निर्वाचनमा पराजित भए पनि यही माटोको लागि केही

उपनिर्वाचन अपडेट : निरन्तर मतान्तर बढाउँदै उपेन्द्र यादव

काठमाडौं । बारा–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले फराकिलो अग्रता अग्रता लिइरहेका छन् ।  यादवले ११ हजार ४३५ मत ल्याएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ४६३ मत ल्याएका छन । नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन् ।

रास्वपा सभापति लामिछानेको जित निश्चित, ३२ हजार बढी मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ । मंगलबार बिहानसम्म ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार ४५८ छ । उनीहरूबीचको मतान्तर ३२ हजार ६११ हजार छ । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका

१४ हजार बढी मतान्तरले स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । वाग्ले र भट्टराईबीचको मतानतर १४ हजार ६९ छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत

विभिन्न कार्यक्रम आयोजना गरी १७ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। आज चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै लोकतन्त्र दिवसको मनाइन लागिएको हो । विसं २०६२र०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालको अन्त्यको सम्झनामा हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइएको हो । यो दिवस विसं २०६४ सालदेखि देशभर मनाउन

मंगलबारसम्म सबै मतपरिणाम आउँछ : निर्वाचन आयोग

काठमाडौं । आइतबार सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको मतदान सम्पन्न भएपछि आयोगले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । आइतबार बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक सम्पन्न भएको पनि आयोगले जनाएको छ । आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत

तिन जिल्ला चितवन, तनहुँ र बारामा मतदान जारी

काठमाडौं । प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सम्म हुनेछ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको हो ।

बारा- २ मा मतदान सुरु

चितवन । बारा क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका

तनहुँ- १ मा मतदान सुरु

तनहुँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले

चितवनमा मतदान सुरु

चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ