राष्ट्रपतिको कदमप्रति कमल थापाको समर्थन
काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकालाई लिएर राजनीतिक दलका नेताहरुले आलोचना गरिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पर्टी नेपालका अध्यक्ष कमल थापाले भने समर्थन जनएका छन् । थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेर राष्ट्रहित अनुकूलको कदम चालेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्रहित