सिट बाँडफाँट कार्यदलले आज प्रतिवेदन बुझाउने
काठमाडौं । सत्ता गठबन्धन दलको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। आजको बैठकले सिट बाँडफाँट अन्तिम टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । ‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ,