राजनीति

गृहनगरमै भीम रावलले पाएनन मेयर र उपमेयरको साथ

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढथापाले आइतबार नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्यसमेत थिए । नेकपा (एस)मा सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । उनले कुनै नेतालाई भन्दा पनि विचारलाई रोजेको प्रतिक्रिया दिए

इलाममा ५७ जनप्रतिनिधिले एकीकृत समाजवादीमा गरे सनाखत

झापा । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी इलाममा बलियो देखिएको छ । सो जिल्लाका दुई पालिका प्रमुखसहित ५७ जनाले एकीकृत समाजवादी पार्टी रोजेका हुन् । सोमबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर प्रदेश सांसद खिनु लङ्वा लिम्बु, सूर्योदयन गाउँपालिकाका प्रमुख रणबहादुर राई , माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई, जिल्ला सन्वय समिति उपप्रमुख चित्रकला बराइलीसहित ५७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एकीकृत समाजवादी रोज्नेमा पूर्व प्रधानमन्त्री झलनाथ

कांग्रेस झापाको ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

झापा । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् । जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ ।

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् । शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो । मन्त्रालयको संख्या टुंगिएपनि कुन-कुन

नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । ‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ”पछिल्लो समयमा निकै धपेडीमा रहेको ज्वरो आएको हुनसक्छ ।’

बागलुङ काङग्रेसको महाधिवेशन केही दिन सर्यो

काठमाडौं । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उहाँको भनाइ छ । क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको

सामाजिक सुरक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले ३३ प्रतिशत बढाएर सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले संसदमा सामना गर्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका छन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिने बताएका हुन् । आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौँ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ । एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने

एमालेले कारवाही गरेका १४ सांसदको पद यथावत रहने

काठमाडौं । सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदको पद नजाने बताएका छन् । निर्वाचन आयोगले एमालेका १४ सांसद नयाँ गठित पार्टीमा रहेको जानकारी संसदलाई गराइसकेको खण्डमा १४ सांसदको पद यथावत रहेको सभामुख सापकोटाले जानकारी दिएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुखबाट कारवाहीको लागि सिफारिस गरिएका १४ सांसद नयाँ दर्ता भएको पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेको भन्दै राजनीतिक दलसम्बन्धी ऐन तथा अन्य कुनै कानून अनुसार कारवाही गर्नुपर्ने

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ’, झाँक्रीले भनिन्, नियमावली अुनसार अब उहाँले ‘दलको प्रमुख सचेतक र सचेतक तोक्नुहुन्छ ।’