राजनीति

प्रदेश १ मा नेकपाका भीम आचार्य संसदीय दलको नेता चयन

काठमाडौं । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष गौतमद्धारा राजीनामाको घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्न र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको

प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी

काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको छ । आजको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ ।

महन्तको लोसपाले पायो मान्यता

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वैधता पाएको छ । निर्वाचन आयोगले बुधबार साँझ लोसपालाई दल दर्ताको प्रमाणपत्र दिएको हो । सरकारले भदौ २ गते केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा जारी गरेको थियो । सोही दिन ठाकुर पक्षले नयाँ दल दर्ता लागि निवेदन दिएको थियो । बाह्रखरी  

जसपा एक साताभित्र सरकारमा सहभागी हुन्छ: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी एक साताभित्र सरकारमा सहभागी हुने दावी गरेका छन् । पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी नयाँ विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको रुपमा उदयमान भएको दावी गरे । महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै

नेता नेपाल नेतृत्वको पार्टीले आजै दल दर्ता प्रमाणपत्र पाउने

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै निर्वाचन आयोगले बुधबार सनाखतका लागि माधव नेतृत्वलाई बोलाएको थियो । नेकपा एमालेबाट विभाजन भएर नेता नेपाल लगायतका नेताहरुले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् । सनाखत भएसँग माधव नेपाल नेतृत्वको

नेता खनालले नयाँ दल दर्ताका लागि दूतावासमार्फत सनाखत गरे

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् । ‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखत आज हुदै

काठमाडौं। निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ । बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ । शरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावित उक्त पार्टीका नेताहरू मंगलबार पनि काठमाडौंको चन्द्रागिरिमा बसे । उनीहरू भेलाको लागि सोमबारै त्यहाँ गएका थिए । नेता प्रेम आलेका अनुसार आज त्यतैबाट निर्वाचन आयोग जाने तयारी

ओलिको लागि सधै ढोका खुला छ : नेता नेपाल

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् । चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् । ‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’,

एमालेको दशौं महाधिवेशन मंसिर १०, ११ र १२ मा हुने

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो । त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।