राजनीति

रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’ यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले  आममाफी दिँदा पनि काँग्रेसका नेता

ओली पक्षका ६ सांसदले समेत दिए देउवालाई विश्वासको मत

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा पक्षका सांसदहरूले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । प्रधानमन्त्री देउवालाई सांसद प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हिरा केसी, पार्वती विसुंखेले विश्वासको मत दिएका हुन् । आले यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका थिए । प्रेम आले यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री भएका थिए । त्यस्तै ओलीनिकट समानुपातिक सांसद समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत

एमाले नेता भीम रावलले सांसद पदबाट दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले संघीय सांसद (प्रतिनिधि सभा सदस्य) पदबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन्। उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवालाई मोदिको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ भने दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने भएको छ । बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तर नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन । एकपक्षीय रुपमा

प्रदेश २ सरकारमा माओबादी केन्द्रका दुई मन्त्रीले सपथ लिए

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले सपथ लिएका छन् । माओवादीबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका भरतप्रसाद साह र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् । शनिबार प्रदेश प्रमुख डा. राजेश अहिराजले मन्त्री साहलाई र मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)मा समस्या आएपछि अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ

लुम्बिनीका मुख्यमन्त्री नैतिक संकटमा, बजेट पास  समेत अन्यौलमा

वुटवल । लुम्बिनी प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट लगभग पारित नहुने भएको छ । बजेट पारित नहुने भएपछि मुख्यमन्त्री शंकर पोखरेल नैतिक संकटमा पर्ने भएका छन् । लामो समयदेखि मुख्यमन्त्री अल्पमतमा रहेको बताउँदै आएको विपक्षी गठबन्धनले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । आजकाे प्रदेश सभा बैठकमा मन्त्रीहरुले जवाफ दिनेक्रम सकियो भने आजै निर्णयार्थ बजेट पेस हुनेछ । विपक्षी गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस,

एमाले स्थायी कमिटीको बैठक ११ बजे बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आज शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्ने गरी बैठक बोलाइएको हो । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बुधबार आफ्नो निजी निवास बालकोटबाट ओलीको यस्तो उद्घोषले एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ ।

प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको ती मन्त्रीको भनाइ छ । को

ओलीलाई रिहाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओलीलाई रिहाइ गर्न आदेश दिएको छ ।लामाे समय देखि जेलमा रहेका ओलीलाई रिहाइ गर्न सर्वोच्चले आज आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले