संयोग : एउटा ब्याची आईजी अर्कोको बिदाइ
काठमाण्डौं : नेपाल प्रहरीमा शुक्रबार यस्तो संयोग बन्यो- २०५२ सालको प्रहरी निरीक्षक (इन्सपेक्टर) का ब्याची एउटा आईजीपी नियुक्त भए, अर्का बिदाइ भए। शुक्रबार ११ बजे बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गर्यो। त्यसको केही समयपछि दिउँसो प्रहरी प्रधान कार्यालयले अर्का एआईजी कृष्णहरि शर्मा पोखरेललाई भने बिदाइ गरेको छ। पोखरेल एआईजीको उमेर हदका कारण भोलिबाट अनिवार्य अवकास हुने भएका हुन्। भोलि शनिबार भएकाले शर्मालाई अघिल्लो