विशेष समाचार

‘मायामा भुल’ मा नवराजको डेव्यु अभिनय 

नेपालगन्ज : गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’ मार्फत निर्देशक नवराज सुनेदीले अभिनयमा डेब्यु गरेका छन्। आज शनिवार नेपालगन्जमा एक कार्यक्रम गरी मोफसलमा रहेर कलाकारितामा व्यस्त कलाकर्मी बिच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । दिपक घर्ती मगरको शब्द, केशव बडूको संगीत संयोजन रहेको गितमा  गायक जीएमसंगै गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । नेपाली मौलिक पहिचान बोकेको यस गीतको भिडियोको सबै छायांकन बाँकेको खजुरा-१ सैनिकमा गरिएको निर्देशक नवराज सुवेदीले

केकी र स्वस्तिमा ‘लाली बजार’ अनुवन्धित

काठमाण्डौं : षट्कोण आर्ट्सको ब्यानरमा निर्माणमा हुने फिल्म ‘लालीबजार’मा नायिकाद्धय केकी अधिकारी र स्वस्तिमा खड्का फाइनल भएको वुझिएको छ । निर्माणपक्षले हालसम्म फिल्मका कलाकारहरू सार्वजनिक गरेको छैन । लामो समयदेखी केकी र स्वस्तिमाको क्रेज नेपाली फिल्म बजारमा राम्रो छ । फिल्मको छायांकन दशैं लगतै सुरु गर्ने निर्माणपक्षले जनाएको छ । यम थापाले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्ने भएका छन । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई

देश लुटेर विदेश पुर्‍याउने दलालको पक्षमा सरकार उभिएको छ : सांसद प्रभु साह

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले वर्तमान सरकारलाई देश लुट्ने र सम्पत्ति विदेश पुर्‍याउने दलालहरूको पक्षमा उभिएको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “नेपालमा दुईथरि जनता छन्—एक विदेशमा कमाएर देश पठाउँछन्, अर्का देशमै लुटेर विदेश लैजान्छन्। सरकारले लुटेर विदेश लैजाने भगौडाको साथ दिएको छ।” विदेशमा काम गर्न गएका नेपाली युवाहरूको दुःख र मृत्युप्रति सरकार संवेदनशील नभएको आरोप लगाउँदै साहले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पनि कडा

रविले भने - रास्वपासँग झस्केकाहरुले सिंगो देशलाई नै जेल बनाइसके

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारबाटै मुलुकका शीर्ष नेतृत्वमाथि कटाक्ष गरेका छन् । पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा ‘९७२५ नम्बरको थुनुवा’ का रूपमा आफू कारागारमा रहेको उल्लेख गर्दैसभापति लामिछानेले देशवासीका नाममा एक भावुक सन्देश पठाउँदै रास्वपाबाट झस्केकाहरुले देशलाई नै ‘जेल’ बनाइएको आरोप लगाएका छन्। सन्देशमा लामिछानेले आफूलाई जनताले दुई पटक कीर्तिमानपूर्ण मत दिएर संसदमा पुर्‍याएको र भर्खरै स्थापित रास्वपालाई १२ लाख भन्दा बढी मत दिएको

चितवन दुर्घटनाको मृतक र घाइते सबैको पहिचान खुल्यो

काठमाडौं । बस र ईभी माइक्रोबस ठोक्किँएर भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको सनाखत भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा भएको दुर्घटनामा सात जनाको ज्यान जानुका साथै २४ जना घाइते भएकोमा सबैको सनाखत भएको हो। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको थियो। घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल

राष्ट्रपतिसँग एम्स अध्यक्ष पाकोको भेट, नेपालमा बोर्ड बैठक राखेकोमा दिए धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओलाई एम्सको बोर्ड बैठक नेपालमा राखेकोमा धन्यवाद दिएका छन् ।  राष्ट्रपति पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि रहेको बताएका छन् । नेपालमा सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि समथल स्थलमा नेपालगञ्ज म्याराथनजस्ता लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एम्स प्रतिनिधिसँग प्रोत्साहनका लागि आग्रह गरेका छन् ।

गृहमन्त्रीलाई लिएर देउवा पुगे प्रधानमन्त्री निवास बालुवाटार

काठमाडौं : भिजिट भिसा प्रकरणमा बढ्दो विवादका बीच नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेपछि छलफलका लागि देउवा लेखकलाई लिएर प्रधानमन्त्री निवास पुगेका हुन् । सरकारले भोलि संसदमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ ।

प्रहरीमा ११ एसएसपी बढुवाको लागी दुई दर्जन वढी एसपीहरुविच प्रतिस्पर्धा

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाको तयारी सुरु गरिएको छ । बढुवा सिफारिस समितिले गत मंगलबार ११ जनालाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी सुरु गरेको हो । एसपी बढुवाको पहिलो नम्बरमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका विमल बस्नेत छन । वस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन्।

आममाफी पाएका व्यक्तिले गरे दुई बच्चासहित पुर्व पत्नीको हत्या

वुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो । हत्या हुनेमा ३१ बर्षीया दिपा बस्याल र उनका छोरी ७ बर्षीया स्नेहा बस्याल र ४ बर्षीया नानी बस्याल रहेका छन् ।  प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै

धारा नेपालगन्ज म्याराथनको टिम थाइल्यान्ड प्रस्थान

काठमाडौं : धारा नेपालगन्ज म्याराथनको चार सदस्यीय पदाधिकारी टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रबार हुने एशिया रोड रेस फोरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बिहीबार बैंकक तर्फ प्रस्थान गरेका हुन् । सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट ज्ञान कर्णाली हाफ म्याराथनका सदस्यसचिव हुन् ।  एशियाको प्रतिष्ठित ब्याङ्सेन 10 किमि राेड