काठमाडौं : नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाको तयारी सुरु गरिएको छ । बढुवा सिफारिस समितिले गत मंगलबार ११ जनालाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी सुरु गरेको हो ।
एसपी बढुवाको पहिलो नम्बरमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका विमल बस्नेत छन । वस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन्।
त्यस्तै २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको तिव्र प्रतिस्पर्धामा छन् । एसपीहरु प्रकाश रानाभाट, कमल थापा, तुल बहादुर कार्की, दयानिधी ज्ञावली, राकेश सिंह, राजिव बस्नेत, दिपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन् ।

यस्तै भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बिष्ट, बासुदेव खतिवडा, सुवास चन्द्र बोहरा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, विरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्ल्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन् ।
गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले डीआईजी बढुवा भएलगत्तै ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको हो । बढुवा समितिमा प्रहरी महानिरीक्षक र उनले तोकेको एक जना अतिरिक्त महानिरीक्षक सदस्य रहन्छन् ।
आईजीपी दिपक थापा बरियतामा अघि रहेकामध्ये पनि अब्बल प्रहरी अधिकृतहरुलाई बढुवा गर्नुपर्ने पक्षमा रहेका छन् ।