साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दु्ई वर्षदेखि साउदी जेलमा रहेका धनकुटा चौबिसे गाउँपालिका–४ का दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिवद्धता जनाएका छन् । सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।