विशेष समाचार

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

काठमाण्डौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जनाएको छ ।हाल उक्त भाइरस सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ । यस्तै विज्ञहरूले दिर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले दिर्घरोगी

डिएसपीको कार्यकक्षमै भेटे सिरोहियालाई श्रीमती, छोरा र बुहारीले

काठमाण्डौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई भेट्न श्रीमती, छोरा र बुहारी जनकपुर पुगेका छन् । त्यहाँ उनीहरूले डीएसपीको कार्यकक्षमा सिरोहियासँग भेट्नुका साथै कुराकानी समेत गरेका छन् । अदालतले सिरोहियालाई नागरिकता कसुरसम्बन्धी मुद्दामा तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो

आफ्नै किर्तिमान तोड्दै ३०औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा

काठमाडौं । सगरमाथा आरोहण गरी पटक पटक कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले पुन (३० औँ पटक) सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज (बुधवार)बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ’, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतको नाराबाजीका बाबजुद प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो । र, समर्थनसमेत फिर्ता लिएको थियो । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा

इरानी राष्ट्रपति र विदेशमन्त्रीको  हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनलगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सोमबार (आज) दुर्घटनाग्रस्त अवस्थामा राष्ट्रपति सवार हेलिकोप्टर फेला परेको बताइएको छ । इरानी अधिकारीका अनुसार हेलिकोप्टर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको छ । इरानी मिडिया एजेन्सीहरूका अनुसार हेलिकोप्टरमा दुई पुरुष र अन्य सातजना सवार

असईको कमाण्डमा खटियो दार्चुलाको तिकंरमा प्रहरी टोली

दार्चुला । नेपाल प्रहरीको टोली दार्चुलाको उत्तरी नाका तिङ्करमा खटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने उत्तरी नाका तिङ्करमा प्रहरी टोली खटिएको हो । प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली उत्तरी नाका तिङ्करमा खटिएको दार्चुला प्रहरीले जनाएको छ । भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली गएको बिहीवार नै तिङ्कर नाकातर्फ पठाएको थियो ।

सहकारी प्रकरणमा छानबिन समिति बन्ने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो ।  बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर)बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश (टीओआर)बारे पनि भोलिसम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित

पौडी खेल्न गएका २ युवकको डुबेर मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका २ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो । ६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका

कतारमा पत्रकार तिलु शर्मा सम्मानित

दर्शन सुनार/कतार : लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै पत्रकारितामा सक्रिय पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन्। सद्भाव युवा समाज कतारले पत्रकार शर्मालाई खादा, नेपाली टोपी, कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो। बिहीबार सद्भाव युवा समाजको १६ औं वार्षिकोत्सब थियो। सोही अवसरमा समाजले कतारको नज्मा स्थित एक रेष्टुरेन्टमा भव्य कार्यक्रमको आयोजना समेत गरेको थियो। सद्भाव युवा समाज लगायत कतारका हरेक गतिविधिलाई समाचारको माध्यमबाट बाहिर ल्याएर अतुलनीय योगदान पुर्‍याएको भन्दै पत्रकार