कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भईरहेको बताएका छन् । अध्यक्ष शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए । उनले भने, ‘योजना भित्रै नतिजा निकाल्न सकिन्छ भनिरहनुभएको छ साथीहरुले । अब १५ गतेभित्र नतिजा सार्वजनिक हुन्छ ।’ परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले