ललितपुरका सिडीओ,प्रहरी प्रमुख र ईपीएस शाखा प्रमुखलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौँ । दुई जना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ । सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले