समाचार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले पाए अवकास

काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि अवकाश पाएका छन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उनले आजदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन्। ‘६५ वर्षको उमेरहदका कारण उहाँले अनिवार्य अवकास पाउनुभएको छ,’ उनले भने। प्रधानन्यायाधीश तथा  सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष पुगेपछि अवकाश पाउने संवैधानिक व्यवस्था छ। गएको फागुन १ गते उनलाई महाअभियोग लगाउन ९४ जना सांसदले संसदमा प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा परेका थिए।

अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त

लद्दाख । अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको छ । डिसेम्बर ९ मा भएको उक्त झडपमा आमनेसामनेले दुवै पक्षका सेनालाई सामान्य चोटपटकलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो । यी

अष्ट्रेलियामा गोली चल्यो, २ प्रहरीसहित ६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो । सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो । क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५.७ डिग्री

काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने छ । त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो । सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज

विश्वकपमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । लुसेइल स्टेडियममा हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको

जाजरकोटमा जीप दुर्घटना हुंदा चालकसहित ११ जनाको मृत्यु

सुर्खेत । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ४ मा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका ५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जादै गर्दा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनाएको छ । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चदालिले जानकारी

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो। समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय आज साँझ ४ बजेसम्मको छ । त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो। नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका

३ महिलासहित २० जनाले उडाए प्याराग्लाईडिङ

उदयपुर । उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाईलटले एकै दिन प्याराग्लाईडिङ उडान भरेका छन । उडान भने फ्लाईङ् वन्डर प्याराग्लाईडिङ प्राईभेट लिमिटेट गाईघाटका प्रशिक्षार्थाीले गरेका थिए । कम्पनीबाट विभिन्न कोर्ष गर्ने देशभरका करिब २० विद्यार्थीहरुले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए । रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उदयपुरको परिचयलाई देश विदेशमा परिचित गराउँदै विदेशी पाईलटहरुलाई समेत

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने

काठमाण्डौं । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म  नेपालमा हुने भएको छ । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहनेछ । उक्त आन्दोलन अन्तर्गत प्रगतिशील वामपन्थी, खाद्य सम्प्रभुता पक्षधर राष्ट्रको सञ्जाल विश्वव्यापी रुपमा विस्तार गरिएको छ । विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान सङ्गठनलाई क्षेत्रीय विभाजन गरिएको छ । दक्षिण

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान तयार

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको रास्वपाले सरकारमा जाने तयारी गरेको हो । त्यसका लागि दुवै गठबन्धनका नेताहरुबीच अनौपचारिक छलफल तथा संवाद भइरहेको एक नेताले बताए । रास्वपाले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डा अघि सारेको छ । ती एजेण्डामा सहमति