एकीकृत समाजवादी राष्ट्रिय दल बन्न असफल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय दल बन्न असफल भएको छ । पहिलोपटक आमनिर्वाचनमा सहभागी भएको एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेपनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । एकीकृत समाजवादीले कुल सदर मतको दुई दशमलब ८२ प्रतिशत मात्रै मत ल्याएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य