समाचार

प्रहरी जवान आधारभूत तालिममा सहभागी ९६ जना दीक्षित

नेपालगंज । लुम्बिनि प्रदेश प्रहरी गण कोहलपुर बांके हाल खजुरामा संचालित प्रहरी जवान ८-१११ ‘ख’ औं समुहको आधारभुत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान ८-१११ ‘ख’  औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज लुम्बिनि प्रदेश प्रहरी गण कोहलपुर बांकेको प्राङगणमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश हाल नेपालगंज बांकेका

आमाले चितुवाको मुखबाट छोरा खोसिन

तनुहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।   साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले

सालकको खपटा सहित तीन जना पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौं र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका-७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरी नायब

एक महिनामा दुई अर्ब बढीको मोबाइल नेपाल भित्रियो

काठमाडौं । एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल (स्मार्टफोन) नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ ।   सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ।गठबन्धनबिच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरूबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दल आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन । यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएकाले

एमालेको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ । निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ । सहकार्यमा आउन चाहेका साना दलसँग मिल्दै निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्ने रणनीति एमालेले लिएको छ

एसपी र डीएसपीको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्लेस्लले ५ जना प्रहरी उपरीक्षक र १६ जना प्रहरी नायब उपरीक्षकको काज सरुवा गरेको छ । अर्को आदेश नभएसम्मका लागि उनीहरूको काज सरुवा गरिएको हो ।

नागरिकता विधेयक : राष्ट्रपतिले पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

काठमाडौं । संसरले आफ्नो सुझाव नसमेटि नागरिकता विधेयक पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक छलफललाई तिव्र पारेकी छन् । यसैक्रममा छलफलका लागि राष्ट्रपतिले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेललाई शीतल निवासमा बोलाएको स्रोतले जनाएको छ । प्रतिनिधिसभाले भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो । त्यसयता राष्ट्रपतिले कानुनविद् र विभिन्न सरोकारवालाई बोलाएर छलफल गरिरहेकी छिन्

ग्याङ फाइट हुंदा विराटनगरमा १० जना घाइते

विराटनगर । विराटनगरमा मंगलबार साँझ ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । विराटनगर–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । पुरानो रिसिइबीका कारण भएको दोहोरो झडपमा कामत गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । कुटाकुटमा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् । यस्तै दिनेश कामत, राजु

भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भदौ १९ गते नेपाल आउने भएका हुन् । उनी भदौ २३ सम्मनेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।