समाचार

आजबाट बार्षिक नीति तथा कार्यक्रममाथी छलफल

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ । बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने

गठबन्धन राष्ट्रिय आवश्यकता हो : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गरे ।   गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तयार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका छन् । बुधबार सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका महिला नेताहरूको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका हुन् । उनले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताए । जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था नहुने उनले बताए । ‘यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ ।

करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु: हर्क साम्पाङ

सुनसरी । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका हुन् । ‘म करोडौं पर्ने गाडी चढेर

पाँच स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको १२ दिन पुगिसक्दा ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी

विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं । सत्तारुढ दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् । बुधबार निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारीलगायत सत्तारुढ दल आवद्ध विद्यार्थीले मूल्यवृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामा माग गरेका छन् । सरकारले आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रोपटक आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । पछिल्लो पटक

देउवाको मनपरी, डडेलधुरा पार्टि पूर्वसभापति मल्ललाई कारवाही

धनगढी । नेपाली कांग्रेसले डडेलधुराका पूर्वसभापति कर्ण मल्ललालाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी मल्ललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जानकारी दिए । “नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहनेगरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,” मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।विधान विपरीत मल्लले गरेका कामका

मनाङका चार वडामा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

मनाङ । हिमाली जिल्ला मनाङका केही वडामा अध्यक्ष र सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। ४ गाउँपालिका रहेको यहाँ नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेद्वारहरु निर्वाचित भएका हुन्। मनाङको चामे गाउँपालिकाको वडा नं. १ र २ का वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्। सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा

गठबन्धनले बैशाख २३ गते दिउँसो काठमाडौंमा  चुनावी सभा गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले बैशाख २३ गते शुक्रबार दिनको १ बजे काठमाडौंमा केन्द्रीय तहको चुनावी सभा गर्ने भएको छ । यसअघि सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको गठबन्धनले अघिल्लो निर्णय संशोधन गर्दै केन्द्रीय तहको एउटा मात्र सभा काठमाडौंमा गर्ने भएको हो । बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजगत्वमा बसेको स्थानीय तहको निर्वाचन लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयन्त्रले केन्द्रीय तहमा मात्र चुनावी सभा गर्ने निर्णय

परिक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गरेका हुन् । उनले परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य