समाचार

ठाकुरबाबामा दिपक थापा जिताऔं अभियान

बर्दिया । आगामी बैशाख ३० मा हुने स्थानिय निकायको चुनावमा नेकपा एमाले, नेकपा एस ,नेपाली काँग्रेस, माओवादी, जसपा , राप्रपा लगायतका दलहरू चुनावी मैदानमा छन । कांग्रेस, माओवादी, नेकपा एस र जसपाको गठबन्धन भएको खण्डमा धेरै पालीका, वडामा कडा प्रतिस्पर्धा भएपनी बर्दियाको ठाकुरबाबा नगरपालिका वडा न. ६ को वडाध्यक्षमा भने युवा नेता दिपक बहादुर थापाले टिकट पाएसंगै सो वडा एमालेको पोल्टामा आउने निश्चित देखिएको स्थानीय जानकारहरु बताउँछन् । ठाकुरबाबा नगरपालिका

काठमाडौंको मेयरका लागि कांग्रेसका पाँच जनाको नाम सिफारिस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले काठमाडौंको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको महानगर कार्यसमितिको बैठकले पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको सभापति नीलकाजी शाक्यले जानकारी दिए । मेयरका लागि दाबी गरेका पाँचै जनाको नाम सिफारिस गरिएको उनले बताएका छन् । काठमाडौंबाट मेयरका लागि सिफारिस हुनेमा हरिप्रभा खड्गी, नीलकाजी शाक्य, सुसन वैद्य, सिर्जना सिंह र प्रगतिमान रञ्जित रहेका छन् ।

कोरिया भाषाको परिक्षा तोकिएको समयमा नहुने

काठमाडौं । करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा तोकिएको समयमा नहुने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका कारण परीक्षा मिति सर्ने भएको हो ।भाषा परीक्षा दुई चरणमा हुनेछ । यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुनेछ भने दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो । निर्वाचनका कारण

सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको आयोगले जनाएको छ । कार्यालयले यही वैशाख १० गतेसम्म व्यवस्थापकीय कार्य गर्नेछन् । ‘ निर्वाचन कार्यालयले आफूलाई चाहिने कर्मचारी नियुक्त गर्ने, भौतिक सामग्रीको

उम्मेदवार टुंगो लगाउन कांग्रेसले वोलायो बैठक

काठमाडौं । नेपाली कांग्रेसले महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार दिउँसो दुई बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । गठबन्धनमा तालमेलअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा मेयरमा उम्मेदवारी उठाउने भाग पाएको छ । चितवन, वीरगन्ज र पोखरामा उपमेयर पाएको

ताप्लेजुङमा सत्ता साझेदार दलहरुवीच भागबन्डा मिल्यो

ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबन्डाको टुङ्गो लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलबीचको निर्णयअनुसार यहाँस्थित सत्ता साझेदार दलहरुले विभिन्न चरणमा छलफल गरेर बुधबार भागबन्डाकाे टुङ्गो लगाएका हुन् । एक नगरपालिकासहित यहाँका नौ स्थानीय तहमध्ये सात स्थानीय तहको नेतृत्व कांग्रेसले लिने र दुई वटामा भने माओवादी केन्द्रले नेतृत्व लिने भएको छ । फुङलिङ नगरपालिकासहित पाथीभरा, याङ्वरक, सिरीजङ्घा, सिदिङ्वा,

बाँकेको टिकुलीपुरमा आगलागीबाट ११ घर जलेर नष्ट

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा शुक्रबार आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । स्थानीयवासी सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनको अनुसार, विद्युत् चुहिएर अचानक आगलागी भएको पाइएको छ । नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा गरिएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर

निर्धारित मितिमा निर्वाचन नभए मुलुक दुर्घटनामा फस्ने

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमा निर्वाचन नभए मुलुक दुर्घटनाबाट फस्ने बताएका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह पनि गरे । निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने उनको भनाई छ । ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ’, उनले भने । यसै वर्षभित्र प्रदेश, प्रतिनिधिसभा,

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी आवद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय

कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार छान्ने भएको छ । त्यसका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ । आजको बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेसले यसअघि शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सात वटै प्रदेश