समाचार

युवकको घाँटीमा गोली अड्किदा गम्भीर घाइते

जनकपुर । धनुषामा एक युवालाई प्रहार गरिएको गोली उनको घाँटीमा अड्किएको छ । १८ वर्षीय मुकेश मुखियामाथि प्रहार भएको गोली घाँटीमा लागेर अड्किएको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरमा भएको गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । कमला नगरपालिका ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगि मुखियाको घरमा बस्दै आएका थिए

भक्तपुरमा बर्डफ्लू भेटियो

भक्तपुर । भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै सुदूर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका

वरिष्ठ लोकगायक लामाको निधन

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले गाएका र संगीत गरेका धेरै लोक गीतहरु नेपाली नेपालीमाझ लोकप्रीय छन् । लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत लोकप्रीय छन् ।

नेपाल टि २० विश्वकपमा  पुग्न युएई सँग खेल्दै

काठमाडौं । नेपालले आइसिसी टि २० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा आज युनाइटेड अरव इमिरेट्स(युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा हुनेछ । नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपालको कप्तानी सन्दीप

पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीलेकाठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूबारे अनुसन्धान भइरहेको छ । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।

एआईजी बढुवा अन्यौलमा

काठमाडौं । लामो प्रयासपछि गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा एआइजीको दरबन्दी त थप गर्यो, तर त्यसको आधिकारीक जानकारी अझै प्रहरी प्रधान कार्यालय पुगेको छैन । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा त्यससम्बन्धि निर्णय समाबेश नगरेपछि प्रहरीमा संशय बढेको छ । तीन एआइजीको दरबन्दी थप गरेको बताइए पनि निर्णय प्रमाणिकरण भएर आउँदा संख्या बढ्न सक्ने बताइएको छ । दरबन्दी थपको निर्णयले एआइजी बढुवाका आकांक्षी डिआइजीहरुको दौडधुप त बढेको

प्रहरीमा लेखापालहरूको शक्ति

काठमाडौं । केही लेखापालहरू एकीकृत भएर आफु अनुकुल सरुवा सम्बन्धि कार्यविधि बनाउन खोज्दा असारमा हुनुपर्ने लेखापालहरूको सरुवा अहिलेसम्म हुन सकेको छैन । प्रहरी महानिरीक्षक र गृह मन्त्रालयबीच त्यस विषयमा कुरा नमिल्दा कार्यविधि संशोधन हुन नसकेको स्रोत बताउँछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा लेखापलको सरुवा हुन सकेको छैन । यसले प्रहरीका लेखापालहरू कति शक्तिशाली छन् भन्ने देखाउँछ । सशस्त्र प्रहरीका लेखापालहरु अझै बलिया हुन् । उनीहरूले आफ्नो लागी छुट्टै

एमसीसी संसदबाट पारित गर्नुपर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गर्दै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताए । ओली सरकारले

यूएनमा जागिरको प्रलोभन देखाई ठगी

काठमाडौं ।  आफूलाई यूएनको ईन्जिनियर भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट नगद १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिनेशले विभिन्न मितिमा कास्की पोखराबाट उक्त रकम ठगी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देही बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा