समाचार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो । शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना

इन्चार्ज बमको ठुलो सफलता, पेस्तोल र ९० ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

बाँके। बाँके प्रहरीले अत्याधुनिक स्वचालित पेस्तोल र ठुलो परिमाणमा  ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका १ स्थित प्रहरी चौकी राधापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा खटिएको टोलीले आइतबार दिउँसो ३ बजे ९० ग्राम  ब्राउन सुगर, एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जना युवकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बमको कमान्डमा गएको टोलीले खजुरा गाउँपालिका

बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५

भक्तपुरमा एक महिलामाथि तेजाब आक्रमण

काठमाडौं । भक्तपुरको ठिमीकी एक महिलामाथि आइतबार साँझ तेजाब आक्रमण भएको छ । साँझ साढे ७ बजेको समयमा ६० वर्षीया पूजा गुभाजुमाथि तेजाव आक्रमण भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । पूजामाथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी शीवकुमार श्रेष्ठले भने पूजामाथि आक्रमण भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको जानकारी दिए । तेजाब तथा

नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा नायक तथा निर्माता शाही मनोनित

काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका सफल निर्माता तथा वितरक गोविन्द शाही नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा मनोनित भएका छन् । संघका सभापति तीर्थ बहादुर थापाले शाहीलाई संघको परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनित गरेका हुन् । शाहीको मनोनयनसँगै संघको उन्नयन, सम्बर्द्धन, द्रूतस्तर विकासका लागि पारस्पारिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणमा थप मद्दत पुग्ने अपेक्षा सभापति थापाले गरेका छन् । शाहीलाइ मनोनय गरिएको पत्रमा उनले विगतमा संघमा रहेर लोकतान्त्रिक आन्दोलन

संकटा क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश

बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई आइतबार १–० ले पराजित गर्दै संकटाले अन्तिम आठको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले

'अर्ली इलेक्सन’ को सम्भावना छैन : वर्षमान पुन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसद भङ्ग गरेर ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको बताएका छन् । आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नरहेको उनले बताएका छन् । ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने भएकाले यसपछि पनि

युट्युब च्यानल कानुनी दायरामा, दर्ता बिना चलाउन नपाइने

काठमाडौं । सरकारले इन्टरनेटमार्फत सञ्चालन हुने टेलिभिजन सेवा सञ्चालन गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । यो संशोधनले युट्युब र त्यस्तै प्रकृतिका अन्य प्रशारणहरूलाई पहिलोपटक कानुनी दायरामा ल्याएको हो । यसअघि सरकारसँग अनुमति नलिई भिडियो स्ट्रिमिङ, भिडियो अन डिमान्ड (भीओडी) र अनलाइन टिभी (इन्टरनेट टिभी) सञ्चालन हुँदै आएको

सत्तारुढ दल निर्वाचन सार्ने खेलमा लागे : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को कुरा अघि सारेको आरोप लगाएका छन् । नुवाकोटको विदुरमा आज प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने– ‘स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।’ सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज

मुलुक बदल्न नेताहरु पहिला आफैँ बदलिन आवश्यक छ : धनराज गुरुङ

स्थाङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको बताए । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको आज उद्घाटन कार्यक्रममा उनले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने बताए । ‘भाषणमा मुलुक बदल्ने कुरा निकै गर्छौं तर व्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन’, उनले भने– ‘मुलुक बदल्नका लागि सबैभन्दा पहिला नेताहरुमा रहेका कमीकमजोरी तथा सोचलाई परिवर्तन गर्न आवश्यक छ, अनि मात्रै