समाचार

तरकारी बजारमा आगलागी हुँदा पाँच दर्जन बढी स्टल जलेर नष्ट

काठमाडौं । काठमाडौंको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर सुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार आगलागीका कारण ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको र

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

काठमाडौं । पुराना कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । आइतबार साँझ बर्माको काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो । २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी बर्मालाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ९३ वर्षीय बर्माको उपचारकै क्रममा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल पञ्चायत २०४६ सालको जनआन्दोलनमा समेत सहभागी भएको

युवकको घाँटीमा गोली अड्किदा गम्भीर घाइते

जनकपुर । धनुषामा एक युवालाई प्रहार गरिएको गोली उनको घाँटीमा अड्किएको छ । १८ वर्षीय मुकेश मुखियामाथि प्रहार भएको गोली घाँटीमा लागेर अड्किएको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरमा भएको गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । कमला नगरपालिका ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगि मुखियाको घरमा बस्दै आएका थिए

भक्तपुरमा बर्डफ्लू भेटियो

भक्तपुर । भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै सुदूर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका

वरिष्ठ लोकगायक लामाको निधन

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले गाएका र संगीत गरेका धेरै लोक गीतहरु नेपाली नेपालीमाझ लोकप्रीय छन् । लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत लोकप्रीय छन् ।

नेपाल टि २० विश्वकपमा  पुग्न युएई सँग खेल्दै

काठमाडौं । नेपालले आइसिसी टि २० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा आज युनाइटेड अरव इमिरेट्स(युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा हुनेछ । नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपालको कप्तानी सन्दीप

पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीलेकाठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूबारे अनुसन्धान भइरहेको छ । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।

एआईजी बढुवा अन्यौलमा

काठमाडौं । लामो प्रयासपछि गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा एआइजीको दरबन्दी त थप गर्यो, तर त्यसको आधिकारीक जानकारी अझै प्रहरी प्रधान कार्यालय पुगेको छैन । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा त्यससम्बन्धि निर्णय समाबेश नगरेपछि प्रहरीमा संशय बढेको छ । तीन एआइजीको दरबन्दी थप गरेको बताइए पनि निर्णय प्रमाणिकरण भएर आउँदा संख्या बढ्न सक्ने बताइएको छ । दरबन्दी थपको निर्णयले एआइजी बढुवाका आकांक्षी डिआइजीहरुको दौडधुप त बढेको

प्रहरीमा लेखापालहरूको शक्ति

काठमाडौं । केही लेखापालहरू एकीकृत भएर आफु अनुकुल सरुवा सम्बन्धि कार्यविधि बनाउन खोज्दा असारमा हुनुपर्ने लेखापालहरूको सरुवा अहिलेसम्म हुन सकेको छैन । प्रहरी महानिरीक्षक र गृह मन्त्रालयबीच त्यस विषयमा कुरा नमिल्दा कार्यविधि संशोधन हुन नसकेको स्रोत बताउँछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा लेखापलको सरुवा हुन सकेको छैन । यसले प्रहरीका लेखापालहरू कति शक्तिशाली छन् भन्ने देखाउँछ । सशस्त्र प्रहरीका लेखापालहरु अझै बलिया हुन् । उनीहरूले आफ्नो लागी छुट्टै