एमसीसी संसदबाट पारित गर्नुपर्ने कांग्रेसको निर्णय
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गर्दै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताए । ओली सरकारले