अवैध लागूऔषध सहित पक्राउ
ईलाम । ईलाम, रोङ गाउँपालिका–४ जोरकलशबाट करिब १ ग्राम २ सय मिलिग्राम चरेस जस्तो देखिने पदार्थ र ८९ ग्राम गाँजासहित सुनसरी बराहक्षेत्र नगरपालिका–१ चियाबारी बस्ने ३५ वर्षीय राज कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले पैदलयात्री राईलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस्तै, कास्की, पोखरा महानगरपालिका–१ सिमपानीबाट १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ