समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए । “धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान

चुडामणि शर्मा ५० लाख धरौटीमा रिहा

काठमाडौं । तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएको छन् । सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उनी धरौटी छुटेका हुन् । उनी अदालतले मागेको धरौटी बुझाएर रिहा हुने तयारीमा छन् । धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट

नक्कली प्रहरी बनेर ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनेर मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ । आबुखैरेनी गोरखा सडक खण्डको बाह्रकिलो बजार नजिकै उनीहरूले सोमवार राति दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिइ सामानमा क्षति पुर्‍याएका थिए । उनीहरूले गोरखा सदरमुकाम आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर जाँच गरेका थिए । राति दुई बजेतिर उनीहरूले प्रहरीको

राजनितिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।

प्रहरी विधेयक संसद्मा पेस हुने

काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेस हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी र प्रदेश प्रहरी विधेयक संसद्मा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि पत्रकारहरूलाई विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत गरेको जनाकारी गरउँदै भने, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र

पशुपतिनाथ मन्दिरमा साधु बाबामाथि खुकुरी प्रहार

  पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु माथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताए । विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै थिए । एकजना व्यक्ति आएर उनलाई भने–‘माल निकाल ।’ प्रहरीका अनुसार ति व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ । हिन्दी भाषा मात्र बोल्ने सन्तोषले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका

आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका

श्रीमानलाई मार्न सुपारी दिएको आरोपमा महिला पक्राउ

काठमाडौं आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार उपचारको बहानामा दुखरणलाई भारतको जयनगर पुर्याई हरिहरदेवीले भारतीय नागरिक मुकेश यादव समूहलाई ६० हजार रकमको सुपारी दिएकी थिइन् । हरिहरदेवीलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले

प्रहरी महानिरीक्षकलाई संगठनवाटै चुनौती

काठमाडौं । यो वर्षको विभूषण वितरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपी कति कमजोर भएका छन् भन्ने देखाएको छ । दुवै संगठनमा आइजिपीको जानकारी बिना नै ठूलो संख्यामा अधिकृतहरुले विभूषण हात पारेका छन् । चेन अफ कमाण्डमा चल्ने सुरक्षा संगठनमा यस्तो चलखेल गम्भीर मानिन्छ । तर, दुवै संगठनका आइजिपी निरिह बनेका छन् । सशस्त्र प्रहरीमा विभूषणको विषयलाई लिएर ठूलो असन्तुष्टि छ । स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि चलखेलकै आधारमा

भारतीय तस्करको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते

काठमाडौं । भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । उनीहरु सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै खटिएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको जनाएको छ ।