समाचार

आजबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु

काठमाडौं । यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए । विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र

लाइसेन्सको ट्रायल भदौ २० गतेबाट हुने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ । विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् । शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो । मन्त्रालयको संख्या टुंगिएपनि कुन-कुन

अर्घाखाँचीमा माइक्रो बस दुर्घटना, एकजनाको मृत्यु

अर्घाखाँची अर्घाखाँचीमा माइक्रो बस (हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ का सन्जय विक रहेको प्रहरीले जनाएको छ । काठमाडौबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको गाडी शितगंगा-३ को आर्मी ब्यारेक नजिकै सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।चालक सहचालकसहित १३ जना यात्रु सवार रहेकामा दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल

नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । ‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ”पछिल्लो समयमा निकै धपेडीमा रहेको ज्वरो आएको हुनसक्छ ।’

कैलालीमा शुक्रबारदेखि डल्फिन गणना हुँदै

भजनी । कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिएका छन् । टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ । जमरा कुलो पथरिया

खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक गम्भीर घाइते

घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । भने चालक गम्भीर घाइते छन् । गए राति करिब १० बजेर ५० मिनेटमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन् । खोलाले कार बगाउँदा घोराही उपमहानगर १३

बागलुङ काङग्रेसको महाधिवेशन केही दिन सर्यो

काठमाडौं । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उहाँको भनाइ छ । क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपालीको संख्या १ करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार कुल कूल १ करोड ९२ हजार १६४ जनाले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको विवरण अनुसार पहिलो डोज लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ छ भने दुवै डोज लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई

कक्षा १२ को परीक्षा भदौ ३० बाट हुने

काठमाडौं । कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने भएको हो । सम्बन्धित विद्यालयमा नै परीक्षा हुने गरी बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३