समाचार

अज्ञात समूहको गोली लागी महोत्तरीमा एक जना घाइते

महोत्तरी । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताए । गोली प्रहारबाट घाइते

अब यात्रुहरूले जहाजभित्रै इन्टरनेट सेवा लिन पाउने

काठमाडौं । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् । अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्रािधकरणका प्रवक्ता

डढेलो नियन्त्रणमा आएपनी विकराल रुप लिन सक्ने: डढेलोविज्ञ शर्मा

काठमाडौं । केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो । स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि राजधानीसहित देशभरको वायु ‘घातक’ बनेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजकसमेत रहेका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले मंगलबार ८१ स्थानमा मात्र डढेलो देखिएको बताए । ‘मंगलबारदेखि केही नियन्त्रणमा आएको देखिन्छ,’ उनले भने, ‘तर डढेलोको पिक

गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई छुट्टै पोसाक

पोखरा । बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्ने गरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घटना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो ।   अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरुले बताए पूर्वडिआइज हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले

नयाँ सरकार बनाउन दलहरुसंग छलफल गर्दै प्रचण्ड

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो । प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल

निमित्तको भरमा देशका १४० स्थानीय तह

काठमाडौं । देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या

मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको आज निधन भएको छ । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका रावलको आज (मंगलवार) बिहान निधन भएको गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्यायले बताएका छन् । कोहलपुर मेडिकल कलेजमा उपचाररत रावललाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंमा उपचारका क्रममा निधन भएको उपाध्यायले जानकारी दिए । उच्च रक्तचापबाट पीडित रावललाई एक्कासी ब्रेन ह्याम्ब्रेज भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको

बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।   वागमती प्रदेशको माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा विपक्षमा बस्ने निर्णय गरेको हो ।   माओवादी केन्द्रको संसदीय दलका नेता शालिक राम जम्मर कट्टेलले प्रदेशमा एमाले नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव पेश नगर्ने तर अन्य दलसँगै विपक्षीका रूपमा खडा हुने जानकारी दिए ।   एमालेले

भारतबाट आउने सबैलाई अनिवार्य आइसोलेसन राख्न मन्त्रालयको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका नाका हुँदै नेपाल भित्रिने सबैलाई अनिवार्य १० दिन आइसोलेसन सेन्टरमा राख्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । साेमबार मन्त्रालयले भारतका नाका हुँदै नेपाल आएका संक्रमितहसमेत खुला रुपमा हिँड्डुल गरेको पाइएपछि यस्तो निर्देशन दिएको हो ।   लक्षण देखिएका संक्रमितलाई अस्पताल र नदेखिएकाहरुलाई पनि १० दिन अनिवार्य आइसोलेसन सेन्टरमा राख्न मन्त्रालयको निर्देशन छ ।आइसोलेसन सेन्टरमा राखेबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले सोधभर्ना रकम उपलब्ध

रुपन्देहीका सिडिओ र दुई एसपीको सरुवा

काठमाडौं । रुपन्देहीका सिडिओ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको एकैचोटी सरुवा भएको छ । अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उनीहरुको सरुवा भएको स्रोत बताउँछ । रुपन्देहीका सिडिओ पिताम्बर घिमिरेको पर्सामा सरुवा भएको छ भने पर्साका आसमान तामाङलाई रुपन्देहीमा पठाइएको छ । त्यस्तै एसपी प्रवीण पोखरेलको सरुवा गरी मनोज केसीलाई सरुवा गरिएको छ । सशस्त्रका एसपी भरत खनियाँको पनि सरुवा भएको छ । मोतीपुर औद्योगित क्षेत्रको शिलान्यासको क्रममा बलियो सुरक्षा