समाचार

सरकारले नयाँ आर्थिक वर्षको बजेट जेठ १५ मा सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट १५ जेठमा सार्वजनिक गर्दैछ । वर्तमान काम चलाउ सरकारले बजेट ल्याउन नमिल्ने अर्थविद्हरुले बताइरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बालुवाटारबाटै बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । यसैअनुरुप शुक्रबार आर्थिक सर्वेक्षण

काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो

काठमाडौं । काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण, पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए । उहाँका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन

म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा हावाबाट बिजुली उत्पादन

गलेश्वर । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण

प्रतिनिधिसभा विघटनविरुद्ध रिटहरूको सुनुवाई आज हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आज बिहीबारबाट सुनुवाइ हुँदै छ । तर संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ भने शुक्रबार हुने भएको छ । सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि

आज तराईमा उच्च बेगको हावाहुरी सहित भारी वर्षाको सम्भावना

काठामाडौं । मौसमविद्हरुले धेरै शक्तिशाली भनेको चक्रवात यास् समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा रहेको छ । उक्त चक्रवातको असरस्वरुप अहिले देशका विभिन्न भागमा पानी परिरहेको र आउँदा केही दिनसम्म पनि यसको असर नेपालका भू–भागमा पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यसबाट बच्न सतर्क रहन मौसमविद्को आग्रह छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल

साउदीबाट ४२ हजार नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता

काठमाडौं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् । साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार तुल्सीपुरमा दुर्घटनामा

रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा. १ च ९५५ नम्बरको स्कारपियोले कारलाई ठक्कर दिएको हो । दुर्घटनामा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल छन् । अध्यक्ष पोखरेलको प्रदेश ३–०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र

चिनियाँ राष्ट्रपतिद्वारा नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।

दुई सय १८ किलो गाँजा सहित २ जना पक्राउ

बारा । बारा प्रहरीले खाली ट्यांङकरमा लुकाएर भारत तर्फ लैजाने तयारी गरेको २ सय १८ किलो अवैध लागू ओैषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोक स्थित महमद आलम साहको रामरहिम ग्यारेजमा महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षको चालक घनश्याम गिरी र सह-चालक चितवन खैरहनी नगरपालिका २ बस्ने राजकुमार दवाडिलाई उक्त परिणामकाे गाँजा सहित

राज्य मन्त्री विकको पहलमा बर्दियामा स्वास्थ्य सामाग्री हस्तान्तरण 

बर्दिया । उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री बिमला विकको पहलमा बर्दियामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त स्वास्थ्य सामाग्री बुधबार बर्दिया जिल्लाका ५ वटा पालिकाहरुमा हस्तान्तरण गरिएको हो । अक्सिजन सिलिन्डर ४ थान, भिटिएम १ सय थान, एन्जीजेन किट १ सय थान, गाउन पिपिई ५० थान, केएन ९५ माक्स ५० थान, फेश सिल १० थान र सेप्टि चश्मा १५ थान गेरूवा