समाचार

सदभाव युवा समाज कतारको साधारणसभा सम्पन्न, अध्यक्षमा गुरुङ निर्वाचित

दर्शन सुनार/कतार : “आपसी सहयोग,सामाजिक सदभाव र बन्धुत्वको लागि सदभाव युवा समाज” भन्ने मुल नाराका साथ सदभाव युवा समाज कतारले साधारण सभा भब्य रुपमा सम्पन्न गरेको छ । सदभाव युवा समाज कतारले बिहिवारनज्मा स्थित रहेको कलिकट रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै १६ औं  बार्षिकोत्सव तथा साधारण सभा भब्य रुपमा सम्पन्न गरेको हो । सदभाव युवा समाज कतारका अध्यक्ष चन्डी प्रसाद भुषालको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक

नेपाल पत्रकार महासंघ कतार शाखाको १८ औं  स्थापना दिवस भव्य रुपमा सम्पन्न

दर्शन सुनार/कतार : नेपाल पत्रकार महासघं कतार शाखाले आफ्नो स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली राजदूतावासको सभाहलमा शुक्रबार महासंघले १८ औ स्थापना दिवस २०२४” भब्य रुपमा सम्पन्न गरेको हो । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बिधिगत उदघांटन सहित दिप प्रज्जलन गरि केक काटेर कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रममा

कतारमा ७४ जना नेपालीले गरे रक्तदान

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले शुक्रबार बृहत् रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। नेपाल मगर संघ शाखा कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि चलेको रक्तदान कार्यक्रममा  ७४ जना नेपालीले रक्तदान गरेका छन । “सम्पुर्ण मगरहरुको एकता-अहिलेको आवश्यकता”भन्ने मुल नाराका साथ आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १८७ जनाको उपस्थिति रहेको थियो जस मध्य  रक्तदान

फेरीए तीन जिल्लाका सीडीओ

काठमाडौं । तीन जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार तीन जिल्लाका प्रजिअहरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका हुन् । जसमा बागलुङमा कार्यरत खगेन्द्रप्रसाद रिजाललाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रमुख जिल्ला अधिकारीमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।

संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकमा राप्रपाले संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्न पाउनु पर्ने बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पार्टीका तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेको बताए । यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको

मलामी बोकेको गाडी पल्टिँदा १४ जना घाइते,एकको अवस्था गम्भिर

दोलखा । दोलखामा मलामी बोकेका बोलेरो गाडी दुर्घटनामा परेको छ । जिल्लाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरे गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका १४ जना गाउँले घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको दोलखाका प्रहरी निरीक्षक जीवन

फुटेको जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् ।  जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा

ट्याक्टर दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ जना घाइते

सुर्खेत । दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिजलुीको पोल बोकेको ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दुर्घटना हुँदा ५५ बर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुल्लु –६ कै ५६ वर्षीय कमारो रावल, ४८ वर्षीय दानबहादुर रावल र ३१ वर्षीय ललित खड्का रहेका छन् । गम्भीर घाइते भएका

उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बिहान प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । यस्तै वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु दुबै जनाले राजीनामा दिएको उपेन्द्रका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै केन्द्रमा यादवले

नेपाल मगर संघ शाखा कतारले रक्तदान कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारको आयोजनामा वृहत् रक्तदान कार्यक्रम हुने भएको छ। “सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा आगामी मे १७ तारिक / २०२४ का दिन वृहत् रक्तदान कार्यक्रम हुने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए। नेपाल मगर संघ शाखा कतारकी केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक रबिना मगरले सौर्य पत्र