उपाधिको लागि एपिएफ र सुदूरपश्चिम विच प्रतिस्पर्धा हुँदै
काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि २० प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ११ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने छ । एपिएफ लिगमा अपराजित रहँदै शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । लिग चरणको खेलको एपिएफले सुदूरपश्चिलाई ३७ रनले पराजित गरेको थियो । त्यसअघि गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम एपिएफसँग