जीप दुर्घटनामा परी बाजुरामा सवारी धनीको मृत्यु
बाजुरा । बाजुराको गौमूल गाउँपालिका स्थित मालिवनमा बिहिवार राती जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनका अनुसार जिपमा सवार जय मालिका यातायात