समाज

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी–१ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्षीया ममसरी राजवंशीको हत्या गरेको प्रहरीले जनाएको हो । घटनापछि प्रहरीले खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएको बताइएको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा

मापसे गरी हल्ला गरेपछि राजेशपायलसहित ३ जना पक्राउ

काठठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गएराति उनीहरुलाई काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । पछिल्लो समय गायक राई रेष्टुरेन्ट

प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा रिक्त रहेको डिएसपी पदमा १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ। बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएकाहरु हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । उक्त व्याजका ठूलो संख्यामा बढुवा हुन बांकी

भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी केसीलाई २ वर्ष कैद

काठमाडौं । बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले । घुस रकमसहित नियन्त्रणमा लिइएका केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको

एकै परिवारका पाँच जनाको मृत्युले गाउनै शोकमा

गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ जानुभएका आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो । अल्पायुमै छोराको निधनले मर्माहत हुनुभएका जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार

प्रहरीका ८ डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले डिएसपीबाट एसपीमा बढुवा सिफारिस सुची प्रकाशित गरेको छ । बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)लाई प्रहरी उपरिक्षक (एसपी)मा बढुवा सिफारिस गरेको हो । एसपी बढुवाको १ नम्बरमा ढकेन्द्र खतिवडा र २ नम्बरमा अंगुर जिसी सिफारिस भएका छन ।

हुम्लामा जीप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्। हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा

दिल्ली मदिरा घोटाला केशमा मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं : बिहीवार साँझ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेको आरोप लगाउँदै प्रवर्तन निर्देशनालय (ईडी)ले मुख्यमन्त्री केजरीवाललाई बिहीवार पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएको छ । आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने

बाँके प्रहरीद्धारा ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद

नेपालगंज: बाँके प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । खुला सिमानाका भएकै कारण भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बरामद गरेको हो । कपडा,जुत्ता, चिनी, सुर्ती, प्रफ्युम (सेन्ट), लागायतका समानहरु फेला पारी बरामद गरिएको बांके प्रहरीले जनाएको छ ।आवश्यक कारवाहीको लागि सामानहरु भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय

पाटे बाघको छालासहित नेपालगन्जबाट १ जना पक्राउ

नेपालगंज: पाटे बाघको छालासहित नेपालगन्जबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार दिउसो नेपालगन्ज २ पुष्पलालचोकस्थित रोयल महाबुब होटलबाट सुर्खेतका चन्द्र बहादुर कार्कीलाई पक्राउ गरेको हो । होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त होटलको कोठा न. १०१ भाडामा लिई बसेको जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीलाई पाटे बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो । कार्कीले हरियो