सुडान मिसन पनि वन्द भएसँगै प्रहरीलाई शान्ति मिशनको अवसर कम हुँदै,
द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट (पिजियू)का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ । सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि










