समाज

प्रतिनिधिसभा विघटनविरुद्ध रिटहरूको सुनुवाई आज हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आज बिहीबारबाट सुनुवाइ हुँदै छ । तर संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ भने शुक्रबार हुने भएको छ । सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि

आज तराईमा उच्च बेगको हावाहुरी सहित भारी वर्षाको सम्भावना

काठामाडौं । मौसमविद्हरुले धेरै शक्तिशाली भनेको चक्रवात यास् समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा रहेको छ । उक्त चक्रवातको असरस्वरुप अहिले देशका विभिन्न भागमा पानी परिरहेको र आउँदा केही दिनसम्म पनि यसको असर नेपालका भू–भागमा पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यसबाट बच्न सतर्क रहन मौसमविद्को आग्रह छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल

साउदीबाट ४२ हजार नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता

काठमाडौं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् । साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार तुल्सीपुरमा दुर्घटनामा

रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा. १ च ९५५ नम्बरको स्कारपियोले कारलाई ठक्कर दिएको हो । दुर्घटनामा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल छन् । अध्यक्ष पोखरेलको प्रदेश ३–०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र

चिनियाँ राष्ट्रपतिद्वारा नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।

दुई सय १८ किलो गाँजा सहित २ जना पक्राउ

बारा । बारा प्रहरीले खाली ट्यांङकरमा लुकाएर भारत तर्फ लैजाने तयारी गरेको २ सय १८ किलो अवैध लागू ओैषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोक स्थित महमद आलम साहको रामरहिम ग्यारेजमा महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षको चालक घनश्याम गिरी र सह-चालक चितवन खैरहनी नगरपालिका २ बस्ने राजकुमार दवाडिलाई उक्त परिणामकाे गाँजा सहित

पूर्व सभामुखहरुसँग परामर्श गर्दै  सभामुख सापकोटा

काठमाडौैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्दैछन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बेठक बोलाइएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाका अनुसार पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको हो । गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेता एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध

चीनले दिएको अक्सिजन सिलिन्डरमा वनमन्त्रीको फोटो, चौतर्फी आलोचना

काठमाडौं । बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो

निषेधाज्ञा उल्लंघन गरे एक वर्ष कैद, पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । आज देखि निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लंघन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड-१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन

नयाँ पार्टी खोल्ने  तयारीमा नेपाल-खनाल समुह

काठमाडौं । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए । ‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने । यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी