हायातमा नोरासंगै दुर्गेश,तेरिया लगायतले नचाए हजारौं दर्शक


  • हायातमा नोरासंगै दुर्गेश,तेरिया लगायतले नचाए हजारौं दर्शक
  • काठमाण्डौं : शनिबार बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउण्डमा भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतले प्रस्तुति दिएका थिए ।

    प्रस्तुतीका लागी शनिवार नै काठमाडौं आएकी उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताउदै भनिन, ‘म नेपालीलाई भेट्न धेरै पहिलेदेखी नै उत्साहित थिए जुन पुरा भएको छ । नेपाल मेरो पहिलो भ्रमण हो ।



  • उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए ।शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो ।नोरा आज आइतबार बिहान भारत फर्किने कार्यक्रम छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *