रविले भने – रास्वपासँग झस्केकाहरुले सिंगो देशलाई नै जेल बनाइसके


  • रविले भने - रास्वपासँग झस्केकाहरुले सिंगो देशलाई नै जेल बनाइसके
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारबाटै मुलुकका शीर्ष नेतृत्वमाथि कटाक्ष गरेका छन् ।

    पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा ‘९७२५ नम्बरको थुनुवा’ का रूपमा आफू कारागारमा रहेको उल्लेख गर्दैसभापति लामिछानेले देशवासीका नाममा एक भावुक सन्देश पठाउँदै रास्वपाबाट झस्केकाहरुले देशलाई नै ‘जेल’ बनाइएको आरोप लगाएका छन्।

    सन्देशमा लामिछानेले आफूलाई जनताले दुई पटक कीर्तिमानपूर्ण मत दिएर संसदमा पुर्‍याएको र भर्खरै स्थापित रास्वपालाई १२ लाख भन्दा बढी मत दिएको स्मरण गराएका छन्। उनले चितवन र तनहुँको उपचुनावको परिणामले आफ्ना विरोधीहरू झस्किएको र स्वस्थ प्रजातान्त्रिक प्रतिस्पर्धाबाट रास्वपासँग टिक्न नसक्ने तथा ‘लुटको स्वर्ग भत्कन्छ’ भन्ने निष्कर्षमा पुगेपछि आफूविरुद्ध षड्यन्त्र रचिएको दाबी गरेका छन्।



  • “त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा ककसलाई कसरी प्रयोग गरियो, सिङ्गो राज्यको कसरी दुरूपयोग भयो, तपाइँहरुले आफ्नै आँखाले देखिरहनुभएको छ,” लामिछानेले सन्देशमा भनेका छन्।

    उनले आफू कसैमाथि भएको अन्यायमा नबोली बस्न नसक्ने मान्छे भएको र बोलेरै विश्व कीर्तिमान राखेको भए पनि अहिले आफूमाथिको अपराध र अन्यायमा बोल्न नसकेको पीडा व्यक्त गरेका छन्। आफ्ना कानुन व्यवसायीहरूले ‘देशकै सबैभन्दा ठूलो आपराधिक गिरोहसँग न्यायिक लडाइँ लड्दै गर्दा’ आवेगपूर्ण वाक्यलाई दुरूपयोग गरेर थप कानुनी झमेलामा फसाउन सक्ने भन्दै बोल्न नहुने सल्लाह दिएको बताएका छन्।

    लामिछानेले आफूमाथि चार जिल्लाका चार उच्च अदालत र पछि सर्वोच्चसम्म गरेर नौ-नौवटा मुद्दा (हाल पर्सा जिल्ला अदालतमा पनि थपिएको) झुण्ड्याइएको अवस्थामा कानुन व्यवसायीको राय नसुन्न नमिल्ने उल्लेख गरेका छन्।प्रदेश खवरबाट साभार

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *