देश लुटेर विदेश पुर्‍याउने दलालको पक्षमा सरकार उभिएको छ : सांसद प्रभु साह


  • देश लुटेर विदेश पुर्‍याउने दलालको पक्षमा सरकार उभिएको छ : सांसद प्रभु साह
  • काठमाडौं : आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले वर्तमान सरकारलाई देश लुट्ने र सम्पत्ति विदेश पुर्‍याउने दलालहरूको पक्षमा उभिएको आरोप लगाएका छन्।

    शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “नेपालमा दुईथरि जनता छन्—एक विदेशमा कमाएर देश पठाउँछन्, अर्का देशमै लुटेर विदेश लैजान्छन्। सरकारले लुटेर विदेश लैजाने भगौडाको साथ दिएको छ।”



  • विदेशमा काम गर्न गएका नेपाली युवाहरूको दुःख र मृत्युप्रति सरकार संवेदनशील नभएको आरोप लगाउँदै साहले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाए। उनले भने, “सरकारको डिमाण्ड र श्रम स्वीकृतिबाट युवाहरू जान्छन्, तर प्रधानमन्त्री भन्छन्– हामी मेनपावर होइनौं। यस्तो गैरजिम्मेवार व्यवहारले युवाको भविष्य बिगार्दैछ।”

    साहले फ्रि–भिसा र फ्रि–टिकटका नाममा हुने ठगी, श्रेणीविहीन कर्मचारीको स्थायीत्व अभाव, पुनर्निर्माणमा सरकारको उदासीनता र सुकुम्बासी बस्तीमा खानेपानी नपुगेको समस्यालाई उठाउँदै वर्तमान सरकार जनमुखी नभएको टिप्पणी गरे। प्रदेश खवरबाट साभार

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *