वाटरपार्कमा मिठाइ बेच्ने व्यापारीसंग अवैध असुली गर्दै केही व्यक्ती


  • वाटरपार्कमा मिठाइ बेच्ने व्यापारीसंग अवैध असुली गर्दै केही व्यक्ती
  •  नेपालगंज : नेपालगंजको पुष्पलालचोक वाटरपार्कस्थित सानो गाडीको पार्किंगस्थलमा व्यवस्थापन समितिले केही व्यापारीसंग अवैध रकम अशुली गरेको खुलेको छ ।

    सानो गाडीको पार्किंग गर्न वनेको व्यवस्थापन समितिकै केही व्यक्ती र प्रहरीको मिलेमतोमा भारत घर भइ नेपालमा आइ मिठाइ र कपडा (तन्ना) को व्यापार गर्नेहरुसंग प्रति व्यक्ती रु ५० रुपैया उठाउने गरेको खुल्न आएको छ । नाम नभन्ने सर्तमा एक व्यापीरीले दैनिक रु ५० दिने गरेको वताएका छन । उनले भने कहिले १०/१५ जना त कहिले २०/२२ जना हुन्छौ सबैले दैनिक पैसा दिनुपर्छ यदी नदिएमा सामान वेच्न पाइदैन । हाम्रो काम नै व्यापार गर्ने हो नेपालमा चिनेको कोही छैन त्यसैले दैनिक पैसा दिएर व्यापार गर्नुपर्छ र यसरी हामीलाई पनी राम्रो हुन्छ । व्यापार राम्रे हुने भएकोले हामीलाई केही पैसा दिन गाह्रो छैन ।यसरी अवैध रुपमा पैसा असुली गर्नेलाई चाडो भन्दा चाडो पहिचान गरी कारबाही गरेमात्र देशमा सुशासन कायम हुन्छ नभए अराजकता गर्नेहरुले ठुलो समस्या निम्त्याउन सक्छन ।



  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *