बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित


  • बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित

    काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बनेकी छन् । अभिनेत्री जोडी कोमर ९८.७ रेटिङका साथ विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी हुन् । यसका साथै बियोन्से, किम कार्दसियन र बलिउडकी सुन्दरी दीपिका पादुकोण पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अभिनयका साथ-साथै सुन्दरताका लागि पनि परिचित छन् । हालै दीपिकाले कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्य बनेर निकै चर्चा कमाएकी छन् । यसका साथै उनको नाम विश्वकै सुन्दर महिलाको सुचीमा परेको छ । लन्डनका प्लास्टिक सर्जन डाक्टर जुलियन डी सिवाले विश्वकै सबैभन्दा सुन्दर महिलाको सूची तयार गरेका हुन् । यो सूचीमा पहिलो नम्बरमा हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर छन् छन् । उनले ९८.७ प्रतिशत रेटिङका साथ विश्वका सबैभन्दा सुन्दर महिलाको सूचीमा पहिलो स्थान पाएकी छन् । दोस्रो नम्बरमा हलिउडकी चर्चित गायिका तथा अभिनेत्री जेन्दाया छन् । रेटिङ अनुसार जेन्दाया ले ९४.३७ प्रतिशत रेटिङ पाएकी छन् । यसका साथै अमेरिकी मोडल बेला हदिदको सुन्दर महलिाको यस सूचीमा तेस्रो नम्बरमा छन् । उनले ९४.३५ प्रतिशत रेटिङका साथ यो स्थान हासिल गरेकी हुन् । त्यस्तै अमेरिकाकी चर्चित र सुन्दर गायिका, अभिनेत्री र लेखिका बियोन्सीको नाम पनि यो सूचीमा परेको छ । उनी ९२.४४ प्रतिशत रेटिङका साथ चौथो नम्बरमा छन् । अमेरिकी गायिका तथा लेखिका एरियाना ग्रान्डे विश्वकै सुन्दर महिलाको सूचीमा पाँचौं नम्बरमा छन् । उनले ९१.८१ प्रतिशत रेटिङ पाएकी छन् । यता टेलर स्विफ्ट एक प्रसिद्ध अमेरिकी पप गायिका हुन् । उनी यो सूचीमा छैटौं नम्बरमा परेकी छन् । उनले ९१.६४ प्रतिशत रेटिङ प्राप्त गरेका छन् । यसपछि हलिउडकी हट अभिनेत्री जोर्डन डन सुन्दर महिलाको सूचीमा सातौं नम्बरमा परेकी छन् । उनले ९१.३९ प्रतिशत रेटिङ पाएकी छन् । ग्लोबल पर्सनालिटी किम कार्दशियनको नाम ८ नम्बरमा दर्ता भएको छ । उनी आफ्नो सुन्दरता र कर्वी फिगरका कारण चर्चामा रहने गर्छिन् । उनले ९१.२८ प्रतिशत रेटिङ पाएकी छन् । यस्तै बलिउडकी मस्तानी अर्थात् अभिनेत्री दीपिका पादुकोण जो विश्वकै सुन्दर महिलाको सूचीमा ९ नम्बरमा छन् । उनलाई यस सूचीमा ९१.२२५ रेट गरिएको छ । त्यस्तै दक्षिण कोरियाली अभिनेत्री तथा मोडल होयोन जङको नाम पनि परेको छ । उनी सूचीको १० नम्बरमा छन् । होयोनले ८९।६३ प्रतिशत रेटिङ पाएकी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *