सप्तरीमा दुई समूहबीच झडप,१५ जना घाइते


  • सप्तरीमा दुई समूहबीच झडप,१५ जना घाइते
  • सप्तरी २१ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । समयमा पुगेको प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको र अहिले स्थिति सामान्य भइसकेको प्रवक्ता भारतीले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *