ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु


  • ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु

    नेपालगंज । शनिबार दिउसो ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं. ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । ट्रक भने प्रहरी नियन्त्रणमा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *