फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक


  • फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक

    काठमाण्डौं ।

    लोकप्रिय निर्गेशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ ।

    कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलले पनि आवाज दिएकी छन् । गीतले पारिवारिक प्रेमको आभास दिलाउँछ ।

    चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् ।

    यस्तै, गीतले पारिवारिक खुसीसँगै पिडा पनि झल्काएको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसँग जोडी बाँधेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसँग बाँधिएको छ ।



  • चलचित्रमा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथसँगै शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा रअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

    फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

    चलचित्र यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो । यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो ।

    त्यसैले ‘फूलबारी’ले पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षले राखेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *