नवराजको नंया भिडियो “सजन के दिवानी” सार्वजनिक


  • नवराजको नंया भिडियो "सजन के दिवानी" सार्वजनिक

    नेपालगंज ।

    मोफसलमा बसेर आफुलाई अब्वल निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदीको थारु गीत "सजन के दिवानी"को नयाँ म्युजिक भिडियो अंग्रेजी नंया वर्षको अवसर पारेर सार्वजनिक भएको छ  ।

    उमेश मुस्कानको शब्द संगित रहेको "सजन के दिवानी" बोलको गीतमा श्रीनिवास चौधरी र अन्नु चौधरीको आवाज रहेको छ ।  गीतले युवायुवतिको कहिल्यै अन्त्य नहुने प्रेमकथाको आभास दिलाउछ ।आईतवार रिलिज भएको भिडियोमा मोडेल सोना बज्राचार्य र देवदास रिचर्डको उत्कृष्ट अभिनय रहेको छ ।



  • आकर्षक नृत्यसँगै अभिनय रहेको भिडियोमा सोना र देवदासको अभिनयले आफ्नो अघिल्लो म्युजिक भिडियो जत्तिकै दर्शक स्रोताको मन जित्नेमा ढुक्क रहेको निर्देशक सुवेदीले बताए ।

    चौधरी समुदायमा हुर्केका युवायुवती बीचको प्रेमकथालाई भिडियोमा आकर्षक तरिकाले देखाएका छ । विशेषगरी चौधरी समुदायको भेषभुषा, रहनसहनलाई भिडियोमा समेटिएको छ।

    भिडियोलाई अब्वल बनाउन सक्दो मिहेनत गरेका निर्देशक सुवेदीले सिमित स्रोत साधनहरुको बाबजुद पनि यत्तिको भिडियो बनाउन सफल भएको बताउछन । अडियो सुन्दा नै मन परेको हो । त्यसैले भिडियो पनि उत्कृष्ट बनाइ गीतलाई न्याय दिने हुनुपर्छ भन्ने सोचेर हाम्रो टिमले अब्बल भिडियो बनाउन मिहेनत गरेको बताए ।'

    बांकेको कोहलपुर, गाभर र चट्टार लगायत विभिन्न आकर्षक ठाउंमा खिचेको म्युजिक भिडियोमा रामु चौधरीको छायांकन रहेका छ । भिडियोको सम्पादन र रंग संयोजन पनि रामुले नै गरेका हुन् । यसै भिडियो मार्फत दर्शकमाझ थप परिचय संगै लोकप्रिय हुनेमा ढुक्क रहेका क्यामाराम्यान चौधरी बताउछन ।

    https://youtu.be/MsAdAPFBglA

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *