लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ


  • लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

    दाङ । लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् ।
    प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ । ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने
    लुम्बिनी प्रदेशको प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता ग्रहण गर्नेछन् । प्रदेश प्रमुखले ६९ वर्षीय भुुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गरेका छन् । भुसाल नेकपा एमालेबाट गुल्मी २९१० बाट निर्वाचित भएका हुन् । प्रदेशसभाको पहिलो बैठक आगामी सोमबार दिउँसो १ बजे बस्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *