सरकारमा सहभागी हुने नहुनेबारे एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै


  • सरकारमा सहभागी हुने नहुनेबारे एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गरिने उनले बताए । एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए । केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएको नेताहरूले बताएका छन् ।
    स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट निर्णय गर्ने तयारी छ । केही सदस्यले सरकारमै सहभागी हुनुपर्ने भन्दै दबाबमूलक धारणा राखेपछि नेतृत्वलाई निर्णय लिन सकस भएको हो । यद्यपि, सरकारमा सहभागिताका लागि प्रस्तावै नआएको नेताहरूले स्पष्ट पारेका छन् । पुरानो पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा छ । अहिलेको सातदलीय गठबन्धनलाई सघाउनुपर्ने आवाज पार्टीभित्र चर्को छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *