नेपालको ६८ जिल्लामा २ हजार ९१२ कोरोना संक्रमित, ११ को मृत्यु


  • नेपालको ६८ जिल्लामा २ हजार ९१२ कोरोना संक्रमित, ११ को मृत्यु

    काठमाडौं नोवेल कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । यस्तै शुक्रबारे एकैदिन २७८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा संक्रमण देखिएको बताए । योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ । शुक्रबार थप तीन जिल्लामा संक्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । यस्तै, डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *