सौतेनी आमाको कुटाइबाट बालकको मृत्यु

सौतेनी आमाको कुटाइबाट बालकको मृत्यु

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१, टकुचामा कुटपिटबाट एक बालकको मृत्यु भएको छ । बनेपा नगरपालिका-१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गर्दा तीन वर्षीय बालकको मृत्यु भएको हो ।

दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला सौतेनी आमा हुन् । तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *