कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै


  • कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक बोलाएको छ । राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा आज बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको हो । शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष माघ २३ गते चयन गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराईसकेको छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो ।
    तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निर्णयमा भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसवारेमा निर्णय लिईसकेका छैनन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *